सल्यान | सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएका छन्। भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेतिर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चालकसहित १८ जना सवार थिए। ब्रेक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएपछि पल्टिएको थियो।
घाइतेहरुको उपचार श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा भइरहेको छ। प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
Discussion about this post