कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका–२, त्रिनगरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
भारतबाट नेपालतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४२२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। मोटरसाइकल चालक गोदावरी नगरपालिका–९ निवासी ३२ वर्षीय दिपेश चौधरी, मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–७ निवासी ३० वर्षीय सुरेश चौधरी र १५ वर्षीय एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन ९लागूऔषध० बरामद गरिएको छ। मोटरसाइकलसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
Discussion about this post