प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि औपचारिक छलफल प्रारम्भ हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, नीति तथा कार्यक्रममाथि सांसदहरूबाट संशोधन प्रस्तावहरू पनि पेश हुनेछन् र तिनीहरूमा छलफल गरिनेछ।

कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। राष्ट्रियसभामा भने यो छलफल आइतबारबाटै सुरु भइसकेको छ। आजको राष्ट्रियसभा बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ, जसमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित