कञ्चनपुरको बेलडाँडी लगायत दक्षिणी क्षेत्रमा सानो हावाहुरीमै बत्ती जाने समस्या पुरानै, कुलमान हटेपछि विद्युत सेवा अस्तव्यस्त

बेलडाँडी । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएसँगै देशभर विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ । घिसिङको नेतृत्वमा लाभमा गएको प्राधिकरण र ‘उज्यालो नेपाल’ सपना अब फेरि अव्यवस्थापनतर्फ फर्किएको स्थानीयवासीहरूको ठम्याइ छ ।

विशेषगरी कञ्चनपुरको दक्षिणी क्षेत्र, बेलडाँडी गाउँपालिका र आसपासका क्षेत्रमा सामान्य पानी परेपछि वा हल्का हावाहुरी चलेपछि समेत विद्युत सेवा अवरुद्ध हुने गरेको गुनासो छ । स्थानीयहरूले ठट्टा गर्दै भनेका छन्, “यहाँ त रूखको पात झरे पनि बत्ती जान्छ, गर्मीमा कुकुरले पोलमा पिसाब गरे पनि लाइन काटिन्छ ।“

बेलडाँडीमा विद्युत आपूर्ति कलुवापुर हुँदै बन्साह, कालागौडी, चानदेव, मैयना, शान्तिपुर, बेलौरी कलकत्ता र शिवनगर भएर आउँछ। यस्तो लामो दूरीको लाइन व्यवस्थापन गर्न नसकिँदा बेलडाँडीवासीले पटक–पटक अन्धकार बेहोर्नुपरेको छ । बिचमै सानो फाल्ट हुँदा पनि पूरै क्षेत्र प्रभावित हुने समस्या दीर्घकालीन बनिसकेको छ ।

स्थानीय सरकार यो समस्याको स्थायी समाधानका लागि अग्रसर भएको छ । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको नेतृत्वमा गाउँपालिकाले बेलडाँडीमै नयाँ विद्युत सवस्टेशन निर्माणको तयारी तीव्र बनाएको छ ।
गाउँपालिकाले सवस्टेशन निर्माणका लागि आवश्यक जमिन समेत छुट्याइसकेको छ । अध्यक्ष राना अहिले संघीय राजधानी काठमाडौंमा पहल गरिरहेका छन् । स्थानीयहरूलाई आशा छ — सवस्टेशन बनेपछि सानो फाल्टमा समेत ठूला क्षेत्र अन्धकारमा बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

यद्यपि विकासका यस्ता प्रयासहरूलाई अवरोध गर्ने फोहोरी राजनीतिक गतिविधिहरू पनि देखा परेका छन् । स्थानीयवासीहरूका अनुसार प्रतिपक्षी एमालेले बेलडाँडीमा खेलमैदान निर्माण, आधुनिक सडक विस्तार, गाउँघरका सडकहरु खोल्नेलगायतका योजनामा अवरोध गर्दै आएको छ ।

त्यस्तै, भैंसीपालक किसान हरिकिसन रानाले मृत्यु अघि यहाँका दलहरुलाई १२ लाखको चेकको बिषयमा आफुलाई न्यायदिलाई दिन पटक पटक दलहरुलाई गुहार माग्दा समेत केहि दिन एमाले नेतृत्वमा उठेको आन्दोलन प्रमाण खोज्ने विषयमा सेलाएको थियो । केहि महिना अघि मृतक राना र जसको नाममा चेक काटिएको थियो ती महिलाको टेलिफोन संम्वादको अडियो बाहिरिदा समेत दलहरु न्यायको पक्षमा नउभिदिएको राना समुदायको गुनासो छ । भैंसीपालन किसान पक्षका राना भन्छन्, “विकासका विषयमा एमालेले टाङ अड्याउने मात्रै काम गरेको छ, खोज्नुपर्ने कुरामा भने मौन बसेको छ ।” भैंसीपालक किसान न्यायको खोजि गरिराखेका बेला उसको संकास्पद तरिकाले मृत्यु समेत भइसक्दा त्यो १२ लाखको चेक कसको थियो भन्ने बिषयमा नबोल्दा प्रतिपक्ष एमाले प्रति जनविश्वास घटिरहेको उनीहरुको आरोप छ ।

स्थानीय जनताले यी सबै राजनीतिक गतिविधिहरूलाई नजिकबाट नियालिरहेका छन् । विकास र समृद्धिका एजेन्डामा अब फोहोरी राजनीति चल्न नदिने आवाज पनि क्रमशः बुलन्द हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित