भिमदत्त नगरपालिकामा १५० घरधुरीलाई राहत सामग्री वितरण, मन्जु शाहीको नेतृत्वमा भव्य कार्यक्रम सम्पन्न

डिल्लीराज पन्त/कञ्चनपुर । चौपाया स्याहार तथा उद्धार समाज (I Care You) कञ्चनपुर र श्री बैजनाथ युवा जनसेवा समिति, भिमदत्त नगरपालिका–१२ को संयुक्त आयोजनामा कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार (२०८२ जेठ १० गते) भिमदत्त नगरपालिका वडा नं. ९ अन्तर्गत खल्ला र मुसेटी क्षेत्रमा गरी झण्डै १५० घरधुरीलाई आवश्यक लत्ताकपडा, भाँडाकुडा, कापी–कलम लगायत सामग्री वितरण गरिएको आयोजकले जानकारी दिएका छन्।

सामाजिक कार्यमा निरन्तर सक्रिय रहिआएकी चौपाया स्याहार तथा उद्धार समाजकी संस्थापक मन्जु शाहीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुडापाल, समाजसेवी लक्ष्मीदत्त जोशी, गजेन्द्र मल्ल, बिष्णु पनेरु, सरिता रावल, लोकराज पन्त, मोहनदेव भट्ट, राजकुमार बडायक, आयुष बोकटी, निरुशा बोकटी, अमोल कुँवर र रविन्द्रराज ओझालगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमपछि संस्थापक मन्जु शाहीले भनिन्, “छाडा चौपायाको सेवा गर्दै आउँदा मनमा सन्तुष्टि मिल्थ्यो, तर अब मानव सेवामा पनि सानो योगदान दिन पाउँदा अरूको मुहारमा आउने मुस्कानले झन् ठूलो आत्मसन्तुष्टि दिएको छ।”

शाहीले यस्ता सामाजिक सेवामूलक अभियानले समुदायमा सकारात्मक सन्देश फैलाउने र समावेशी सहयोग संस्कृतिको प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रमले स्थानिय समुदायमा सकारात्मक सन्देश पुर्याएको भन्दै सहभागीहरूले आयोजक संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित