कञ्चनपुर, जेठ १३ । आर्थिक अभावका कारण कञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसका एक पुर्व विद्यार्थी संकटमा परेका छन । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसका एक पुर्व विद्यार्थी संकटमा परेका हुन । पुर्व विद्यार्थी चार महिनादेखि शिक्षण अस्पताल महाराजगंज काठमाण्डौँमा उपचारार्थ छन ।
बुटबल बस्दै आएका कार्की क्यान्सर रोगसंग लडिरहेका छन । आर्थिक अभावमा कार्कीको उपचार संकटमा परेको परिवारजनले जनाएका छन । दार्चुलाका किसान लालसिह कार्कीका छोरा जमन सिह कार्कीको उपचारमा भएको पैशा सकिएपछि संकटमा परेका हुन । हालसम्म १०लाख भन्दा बढि खर्च भईसक्दा पनि उनकोे रोग निको भएको छैन । क्यान्सर पीडित कार्कीका भिनाजु सुरेश सिह भण्डारीले उपचारका लागि लाखौँ रकम खर्च भईरहेको बताए ।
‘भएको पैशा चार महिनादेखि उपचारमै सकियो, ऋण निकालेर पनि उपचार गरियो, अब त त्यो पैशा पनि सकियो, अस्पतालमा अझै पैशा लाग्ने भनिएको छ, कहाँबाट ल्याएर उपचार गर्ने संकटमा छौँ ।’ सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत हुँदा सबै विद्यार्थी संघ सगठनहरुले विद्यार्थीको अधिकारको विषयमा मुद्दा उठान गरेपछि बिरामीले थला परेपछि झन संकटमा परेका छन ।
आर्थिक अभावमा उपचार नहुने भएपछि कार्की संकटमा परेपछि कार्की परिवारले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेका छन ।
Discussion about this post