शिक्षा, स्वास्थ्य, सडक, खेलमैदान र समुन्नत विकास : बेलडाँडीलाई रुपान्तरण गर्दै प्रमुख राना

बेलडाँडी । “जनताको हितमा काम गर्ने हो भने आलोचना सहन सक्नुपर्छ” – यस्तै अडानका साथ बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना विकास अभियानमा रातदिन खटिएका छन् ।

गाउँपालिका अध्यक्ष बनेयता उनले बेलडाँडीलाई सडक सञ्जालले जोड्ने, राम्रो अस्पताल निर्माण गर्ने, किसानहरुका लागि कोल्डस्टोर, दुग्ध किसानका लागि दुग्ध चिस्यान केन्द्र स्थापना गर्ने, आपलकाली निवास निर्माण, वडाहरुका आफ्नै प्रशासकीय भवन, रेडक्रस भवन, खेलमैदान निर्माण गर्ने योजना र व्यवस्थित बजारको रूप दिनेसम्मका सपना सजाएर होइन, व्यवहारमा उतारेर देखाइरहेका छन् ।

रानाको नेतृत्वमा बेलडाँडीमा अहिले स्थानीय बजार सडकदेखि पर्यटकीय र कृषि सडकहरु निर्माणमा तीव्रता आएको छ । सडकलाई समृद्धिको मेरुदण्ड ठानेका प्रमुख राना कृषिसडकलाई बजारसँग र बजारलाई पर्यटकीय सम्भावनासहितका क्षेत्रसँग जोड्ने अभ्यासमा छन् ।

सडक विस्तारको अभियानमा केही स्वार्थी समूहले अवरोध सिर्जना गर्न खोजेपनि, इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र चन्दको शान्ति सुरक्षामा मिलेको साथले योजना अविच्छिन्न रूपमा अघि बढिरहेको छ । केही व्यक्तिहरूले आफ्ना निजी स्वार्थका लागि अगाडिका घरधुरीलाई सडक सुविधा नपुग्ने रणनीति अपनाउँदा पनि चन्दको संयमपूर्ण नेतृत्वले अवस्था नियन्त्रणमा लिएको हो ।

प्रमुख रानाले आफ्नो व्यक्तिगत सम्पत्ति समेत जनहितमा खर्चेका उदाहरण छन् । चवन्नी बजारको सडक विस्तारका क्रममा आफ्नो सटर आफैँ फालेर मार्ग खुल्ला बनाएका उनले, कार्यपालिकाभित्रैबाट समेत आलोचना व्यहोर्नुपरेको छ । तथापि, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बेलडाँडीको मुहार फेरिने अभियानमा उनी अडिग छन् ।

बेलडाँडीमा अहिलेसम्म सरकारी स्वामित्वको खेलमैदान छैन । युवालाई कुलततिर मोडिनबाट रोक्न खेलकुदलाई माध्यम बनाउने सोचसहित प्रमुख रानाले खेलमैदानका लागि उपयुक्त स्थानको पहिचान गरी बजेट विनियोजन गरिसकेका छन् । तर, संरक्षण गरेर राखेको ग्रिनबेल्ट अतिक्रमणकारीहरूले निर्माणमा अवरोध गरिरहेका छन् ।

रानाको बुझाइमा, “युवालाई खेलकुदतिर उन्मुख बनाए कुलतको सट्टा सिर्जनशीलता, अनुशासन र नेतृत्व क्षमताको विकास हुन्छ ।” त्यसैले उनले खेलमैदान छुट्याएर फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्सजस्ता विविध खेल प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेका छन् । तर खेलकुदविरोधी सोच राख्ने तत्वहरूले विभिन्न बहानामा योजना रोक्न प्रयास गरिरहेका छन् ।

प्रमुख रानाले शैक्षिक क्षेत्रमा समेत दूरदर्शी निर्णय लिन थालेका छन् । उनले बेलडाँडी गाउँपालिकाका ७ सामुदायिक विद्यालयमा ’क्लास डाउन’ अर्थात तह घटाउने अवधारणा लागू गर्दै शैक्षिक सुधारको नयाँ यात्रा सुरू गरेका छन् । शिक्षा विज्ञहरूका अनुसार, यो कदमले विद्यालयहरूको व्यवस्थापन प्रणालीलाई चुस्तदुरुस्त बनाउनेछ भने शिक्षण सिकाइको गुणस्तरमा पनि उल्लेखनीय सुधार ल्याउनेछ ।

गुणस्तरीय शिक्षाको जग बलियो बनाउने दिशामा रानाको यो पहल धेरैले सकारात्मक रूपमा लिएका छन् । शिक्षालाई सुधार गर्ने यस्तो प्रभावकारी र व्यवहारिक दृष्टिकोणप्रति स्थानियवासी र शिक्षकहरूले खुलेर प्रशंसा गर्न थालेका छन् ।

हरिशचन्द्र राना ‘विकासमा समर्पित र भ्रष्टाचारप्रति शून्य सहनशीलता’ राख्ने नेतृत्वका रूपमा चर्चित छन् । बजेटको पारदर्शी प्रयोग, स्वार्थभन्दा माथि उठेर गरिने निर्णय र सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्तिभन्दा प्राथमिकतामा राख्ने उनी गाउँपालिकाभित्र उदाहरणीय पात्र बन्दै आएका छन् ।

उनीमाथि कहिलेकाहीं आरोप लागे पनि, जनताको बीचमा उनको लोकप्रियता झन बढ्दो छ । विकास प्रेमी, ईमानदार र दूरदृष्टि भएको नेतृत्वले बेलडाँडीको भावी स्वरूप बदल्दैछ भन्ने जनविश्वास बलियो बन्दै गएको छ ।

अब चाहिएको भनेको हो—यस्ता प्रयासमा अवरोध गर्ने होइन, साथ दिने सकरात्मक मनोवृत्तिको विकास गर्ने हो । बेलडाँडी रूपान्तरणको यात्रामा रानाले चालेका कदमको धेरैले प्रशंसा गरिराखेका छन् भने केहि व्याक्तिगत स्वार्थ भाव भएकाहरुले विरोध जस्तो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित