बेलडाँडी–३ खैरीघाटमा स्थानीयको माग : वडाको सूचना अनुसारको ७ मिटर सडक खोलियोस्

बेलडाँडी,बेलडाँडी गाउँपालिका–३ खैरीघाटको गौडी टोलमा सडक विस्तारको विषयलाई लिएर विवाद चुलिएको छ। वडा कार्यालयले गत चैत २६ गते सार्वजनिक सूचना जारी गर्दै साघुरो बाटोलाई ७ मिटर चौडाइमा विस्तार गर्ने जानकारी गराएपनि सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ।

स्थानियले सडक फराकिलो हुनु समयको माग भएको भन्दै ७ मिटर चौडाइमै सडक खोल्न जोडदार माग गरिरहेका छन्। उनीहरूको भनाइमा, गाउँपालिकाको अधिकांश क्षेत्रमा न्यूनतम १२ मिटरको मापदण्डअनुसार सडक विस्तार भइरहेको बेलामा यहाँ ७ मिटर सडकसमेत नखुल्नु अन्यायपूर्ण छ।

तर केही व्यक्तिहरूले ७ मिटरको बाटो दिन नसकिने भन्दै अडान लिएका कारण निर्माण कार्य प्रभावित भएको हो। “हामीले वडाले सूचनामा भनेअनुसारको सडक खुलाउन बारम्बार आग्रह गरिरहेका छौं। व्यक्तिगत स्वार्थमा सामूहिक विकास अवरुद्ध गर्नु अनुचित हो,” एक स्थानीय बासिन्दाले भने।

यस सडकलाई प्रदेश पुर्वाधारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ग्राभेलसहित स्तरोन्नति गर्न लागिएको हो। ठेक्का पाण्डा कन्ट्रक्सनले पाएको भएपनि कम्पनीले केही ठाउँमा ग्राभेल हालेर काम रोकिदिएपछि स्थानीयको आवतजावतमा समस्या भएको गुनासो छ।

निर्माण कम्पनीलाई बुझ्न खोज्दा, उनीहरूले सबै वडालाई जानकारी भएको भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन्।

वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले भने वडाले ७ मिटर चौडाइको सडक खोलेको दाबी गरे। “कहींकतै विजुलीको पोल र घरका कारण अप्ठ्यारो भएको हो,” उनले बताए।

तर स्थानीयको भनाइमा सडक अझै पनि पूर्ण रूपमा ७ मिटरमा खुलेको छैन। उनीहरूले वडालाई पटक–पटक ताकेता गरेपनि काममा सुधार नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयको माग छ-“वडाले सार्वजनिक सूचना अनुसार नै पूर्णरूपमा ७ मिटर चौडाइको सडक खोली, निर्माण कम्पनीमार्फत निर्माण कार्य शीघ्र सम्पन्न गरियोस्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित