भारतमा फेरि बढ्यो कोभिडको सङ्क्रमण, सक्रिय बिरामी ५ हजार नाघे

नयाँ दिल्ली : भारतमा कोभिड–१९ का सक्रिय बिरामीको संख्या फेरि बढ्दै गएको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर हालसम्म ५ हजार ३६४ सक्रिय बिरामी रहेका छन् ।

यीमध्ये सबैभन्दा बढी संक्रमित बिरामी केरलामा छन् । केरलामा मात्र १ हजार ६७९ जना सक्रिय कोभिड बिरामी रहेको मन्त्रालयले जनाएको छ । त्यसपछि गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ जना सक्रिय संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म भारतभर कोभिड–१९ का कारण ५५ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित