बैतडी : बैतडीमा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका–६ का २४ वर्षीय किशोर चन्द रहेका छन्।
बैतडी प्रहरीका प्रवक्ता निरीक्षक बलदेव बडूका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा खटिएको गस्ती टोलीले पाटन नगरपालिका–६, सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट राति ११ बजे पक्राउ गरेको हो।
जाँचका क्रममा पौडेलको साथबाट ९.४६ ग्राम र चन्दको साथबाट ७.८३ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैजनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
Discussion about this post