रुपन्देही : नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाल संलग्न नरहेको दाबी गरेका छन्।
गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा आज आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले अध्यक्ष नेपालविरुद्धको मुद्दा बदला स्वरूप अघि बढाइएको आरोप लगाए।
“अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदलाको भावनाले पुनः अघि सारेका छन्,“ उनले भने, “८४ सालभित्र आफ्ना विरोधीलाई सकाउने रणनीतिको भागस्वरूप अध्यक्ष नेपालमाथि यस्तो मुद्दा चलाइएको हो।“
भुसालले आफूहरूले कानुन र न्यायालयको सम्मान गर्ने स्पष्ट गर्दै भने, “अध्यक्ष नेपाल अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न छैनन्।“
Discussion about this post