अनेरास्ववियू (क्रान्तिकारी) सुदुरपश्चिम विश्वविद्यालय इन्चार्जमा अवस्थी

कञ्चनपुर , जेठ २४ । अनेरास्ववियू (क्रान्तिकारी) सुदुरपश्चिम विश्वविद्यालय इन्चार्जमा हेमराज अवस्थी चयन भएका छन् ।

ऊनी २०८० साल चैत्रमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठनको तर्फबाट स्ववियु अध्यक्ष पदको उम्मेदवार पनि बनेका थिए। तर स्ववियु निर्वाचन तालाबन्दीका कारण स्थगित हुन पुगेको थियो स्ववियु निर्वाचनको माग गर्दै कानुन संकायका विद्यार्थीले रिट जाहेर गरेका थिए अदालतले लामो समयदेखि विश्वविद्यालयमा निर्वाचन हुन नसकेकाले निर्वाचन गर्न अनिवार्य रहेको भन्दै निर्वाचन प्रक्रियालाई अगाडि बढाउन सुदूरपश्चिम विश्वविद्यालयलाई परमादेश जारी गरेको थियो।

अवस्थी विगत लामो समयदेखि सुप विश्वविद्यालयको राजनीतिमा होमिएका थिए अहिले केन्द्रीय कमिटीको बैठकबाट उहाँलाई इन्चार्जको जिम्मेवारी दिइएको हो। संगठनको थप जिम्मेवारी पाएसँगै सुदूरपश्चिम विश्वविद्यालय र समग्र शिक्षा क्षेत्र र जनताको जनजीविकाका सवालमा सङ्घर्ष गर्ने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित