सुन विलासिताको वस्तु होइन भन्दै व्यवसायीको काठमाडौंमा प्रदर्शन कर खारेजीको माग

काठमाडौं : व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

सुनचाँदी र हिराका गरगहना पसलेहरूले सरकारको हालको कर नीतिको विरोध गर्दै काठमाडौंको विभिन्न स्थानमा प्रदर्शन गरेका हुन्। उनीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन्।

व्यवसायीहरूको भनाइमा सुन सामान्य जनजीवनसँग प्रत्यक्ष सम्बन्धित वस्तु हो र यसलाई विलासिता मान्न मिल्दैन। उनीहरूले सुनचाँदी तथा हिरा–रत्नको कारोबारलाई व्यवस्थित गर्न व्यवसायीमैत्री तथा उपभक्तामुखी स्पष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्नसमेत सरकारसँग माग गरेका छन्।

सरकारले चालू आर्थिक वर्षमा सुनमा २ प्रतिशत विलासिताको कर तथा बहुमूल्य हिरा–रत्नमा १३ प्रतिशत भ्याट लागू गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी व्यवसायीहरूले सरकारलाई कर नीतिमा पुनर्विचार गर्न चेतावनी दिँदै अन्यथा आन्दोलनलाई अझ कडा बनाउने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित