कञ्चनपुरको बेलौरी नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्य बन्धातालको पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ।
सन् २०७५ मा सरकारले घोषणा गरेको सय नयाँ पर्यटकीय गन्तव्यहरूमध्ये पर्ने बन्धातालमा संघ सरकारको पाँच करोड ४३ लाख रुपैयाँ लागतमा निर्माण कार्य अगाडि बढाइएको हो।
बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीका अनुसार तालको चारैतिर संरक्षणको लागि पर्खाल, मन्दिरसम्म पुग्ने पुल, ट्रस्ट पुल लगायत संरचनाहरू निर्माण हुनेछन्। सम्पूर्ण योजनाको अनुमानित लागत २७ करोड रुपैयाँ रहेको उनले जानकारी दिए।
तालको विकासलाई नगर गौरवको योजनामा समेटिएको जनाउँदै नगरप्रमुख पोतीलाल चौधरीले संघ तथा प्रदेश सरकारसँग थप बजेटको माग गरिएको बताए।
स्थानीय निर्माण कम्पनी दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गर्दै छन्। गत जेठ ९ मा ठेक्का सम्झौता भएको र आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य छ।
२७ बिघा क्षेत्रफलमा फैलिएको बन्धाताल गोलो आकारमा फैलिएको हुँदा सोही आधारमा नाम राखिएको हो। तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ, जसले थप पर्यटकीय आकर्षण दिने अपेक्षा गरिएको छ।






















Discussion about this post