धनगढी-१२ को विशेषज्ञ वडा क्लिनिकमा १५५ जनाको उपचार   

13
VIEWS

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १५५ जना बिरामीको उपचार भएको छ। सोमबार उक्त वडाको जुगेडा सहरी स्वास्थ्य केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १५५ जना बिरामीको उपचार भएको हो।

क्लिनिकमा ६५ जनाले जनरल फिजिसियनबाट सेवा लिएका र २५ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ।

यस्तै वडा क्लिनिकमा ६५ जनाले आँखा रोग सम्बन्धी सेवा लिएको र १० जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको उपमहानगरले जनाएको

क्लिनिकमा १६ जनाले अल्ट्रासाउन्ड, ९ जनाले ईसीजी र ५ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका ३१ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने १३ जना बिरामीलाई रेफर गरिएको छ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार