कैलालीमा सम्पन्न जयन्द्र जिजिकोटाको वैदिक व्रतबन्धमा आचार्य कृष्ण नेपालीको विशेष भूमिका

कैलाली । गोदावरी नगरपालिका-५ निवासी जयन्द्र रमेश जिजिकोटाको व्रतबन्ध आइतबार वैदिक विधिअनुसार भव्य रूपमा सम्पन्न गरिएको थियो। विहानैदेखि सुरु भएको यो संस्कारिक कार्यक्रम ब्राह्मण, गुरुजन, परिवारजन तथा स्थानीयबासीको उपस्थितिमा धार्मिक, सांस्कृतिक र आत्मीय वातावरणमा सम्पन्न भयो।

यस व्रतबन्ध समारोहमा आचार्य, साहित्याचार्य तथा दलितकुल शिरोमणि कृष्णबहादुर दमाईको विशेष उपस्थितिले कार्यक्रमलाई अझै गौरवमय बनाएको सहभागीहरूले बताएका छन्। पशुपति-कोटी होमका व्यास आसनमा पुराण प्रवचन गरिसकेका आचार्य कृष्ण नेपाली का विद्वत्ता, वेद-मन्त्रको उच्चारणकला र संस्कारपद्धतिप्रति उनीहरूको गहिरो ज्ञानले सम्पूर्ण विधि थप प्रभावशाली बनेको थियो।

व्रतबन्धका सम्पूर्ण मन्त्र-उच्चारण, यज्ञ, होम तथा उपनयन संस्कार चारजना विद्वान् ब्राह्मणहरूको संयुक्त नेतृत्वमा सम्पन्न भए पनि, आचार्य कृष्ण नेपालीको आध्यात्मिक मार्गदर्शन र संस्कारिक निर्देशन मुख्य आकर्षण बनेको उपस्थितिहरूले बताए।

कार्यक्रमलाई मालिका विद्यापीठ गुरुकुल, टिकापुरका प्रशिक्षित वैदिक पुरोहित सुरेश सनातनी आर्य (पार्की) तथा स्थानीय अगुवाहरूले सक्रिय सहयोग गरेका थिए। उनीहरूको समन्वयका कारण विधि झनै व्यवस्थित र अनुशासित रूपमा सम्पन्न भएको थियो।

संस्कारका क्रममा आचार्यहरूले जयन्द्रलाई वेद–मन्त्र, ब्रह्मचर्य, गुरु–उपदेश, अनुशासन र नैतिक जीवनका आधारहरू सम्बन्धी महत्वपूर्ण शिक्षा प्रदान गर्दै उज्ज्वल भविष्यका लागि आशीर्वाद दिएका थिए।

समारोहमा जिजिकोटा परिवारका मुल बाज्या रुप बहादुर जिजिकोटा, बड्डा बाज्या विरभान्या जिजिकोटा, बाज्या ददिमल्या जिजिकोटा, मुने ददिमल्या, बजेइ बिसुमति जिजिकोटा, बुवा रमेश जिजिकोटा, आमा वसन्ति जिजिकोटा लगायत सम्पूर्ण परिवारजन, नातागोता तथा आफन्तको उल्लेखनीय उपस्थिति रहेको थियो। घर परिवार, छिमेकी तथा स्थानीयबासीको सहभागिताले समारोहलाई सांस्कृतिक उत्सवजस्तै बनाएको थियो।

वेद–मन्त्रको ध्वनि, यज्ञको धूप, पुष्प–अक्षता र टिकाले वातावरण भक्तिपूर्ण बनेको थियो। अतिथिहरूका लागि स्वागत–सम्मान तथा प्रसाद वितरणको राम्रो व्यवस्था गरिएको थियो।

स्थानीय समुदायका अनुसार, यस्ता वैदिक संस्कारका माध्यमबाट युवापुस्तामा संस्कार, कर्तव्यबोध र अनुशासनको भावना विकसित हुनु समाजकै विकासका लागि आवश्यक हुन्छ।

समारोहमा उपस्थित गुरुजन, आचार्य तथा परिवारजनहरूले जयन्द्र जिजिकोटालाई विद्या, विवेक, आचरण र उज्ज्वल प्रगतिका लागि शुभकामना व्यक्त गर्दै सत्य, धर्म र अनुशासनको मार्गमा अघि बढ्न प्रेरणा दिएका थिए।

व्रतबन्ध कार्यक्रम सांस्कृतिक कार्यक्रम, फोटोसेसन र पारिवारिक भोजसहित साँझतिर सम्पन्न भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित