बेलडाँडी । नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसनअन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उपभोक्तालाई आगामी एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको छ।
प्राधिकरणका अनुसार मिति २०८२/०८/१७ गतेदेखि ७ दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म फिडरको राइट अफ वे (Right of Way) मा रहेका रुखका हाँगा-विगाँ काट्ने (बुश कटिङ्ग) कार्य हुने हुँदा बेलडाँडी फिडरमार्फत सेवा लिने अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द रहने छ।
यद्यपि बुश कटिङ्गको कामसँगै सेक्सन छुट्याई सुचारु गर्न सकिने क्षेत्रहरूमा भने लाइन खुला रहने जनाइएको छ।
यस अवधिमा प्राधिकरणको अनुमति र समन्वय बिना उपभोक्ताले स्वयम् विद्युत लाइन नजिक रहेका रुखका हाँगा-विगाँ नकट्न आग्रह गरिएको छ। सुरक्षाका दृष्टिले यस्ता कार्य प्राधिकरणकै व्यवस्था अनुसार मात्र गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणले यस अवधीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, “काम समय अगावै सकिएमा तत्कालै विद्युत सेवा सुचारु गरिनेछ,” भन्दै बेलडाँडी क्षेत्रका सबै उपभोक्तालाई सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।




















Discussion about this post