निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएपछि दुर्गा प्रसाईं पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्।

कास्की जिल्ला प्रशासन कार्यालयका अनुसार पक्राउ परेका प्रसाईंलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीको आधिकारिकताबारे विवाद चर्किरहेका बेला प्रसाईंले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएका थिए।

उनले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको दाबी सार्वजनिक रूपमा गरेपछि उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग ल्याएको थियो।

प्रसाईंको अभिव्यक्तिलाई आधारहीन र संस्थामाथि गम्भीर आक्षेप भएको ठहर गर्दै निर्वाचन आयोगले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा उनलाई पोखराबाट नियन्त्रणमा लिइएको प्रशासनको भनाइ छ।

प्रहरी स्रोतका अनुसार प्रसाईंमाथि सार्वजनिक संस्थामाथि गलत सूचना फैलाएको र प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा अनुसन्धान अगाडि बढाइनेछ। यस प्रकरणले एकातिर अभिव्यक्ति स्वतन्त्रता र अर्कोतिर संवैधानिक निकायको गरिमा सम्बन्धी बहसलाई थप चर्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित