कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले इजाजतप्राप्त हातहतियार बुझाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
मिति २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाभित्र विभिन्न व्यक्तिका नाममा रहेका इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा अनिवार्य रूपमा बुझाउन आग्रह गरिएको छ ।
सूचना अनुसार इजाजतप्राप्त हातहतियार मिति २०८२ साल माघ २० गतेभित्र आफ्ना पायक पर्ने नजिकका प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाउनु पर्नेछ । हातहतियार बुझाउँदा सम्बन्धित प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिनु पर्ने व्यवस्था गरिएको छ ।
बुझाइएका हातहतियार मिति २०८२ साल चैत २० गतेपछि मात्र सम्बन्धित हतियार धनीले बुझाएको भरपाई पेश गरेमा फिर्ता गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आगामी निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाबासी सबै महानुभावबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जनाएको छ ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
























Discussion about this post