भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ । नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजा गरेर नेपाल फर्किने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटनामा परेको हो।

ट्रकसँग बस ठोक्किएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना १२ वर्षीय बालक रहेको र अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा करिब ५० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनापछि उद्धार तथा उपचारको काम भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित