बेलौरी भुर्षा झर्नाखोला टोलमा रानाथारु तिज साँस्कृतिक कार्यक्रम

कञ्चनपुर । पश्चिम नेपाल कञ्चनपुर, कैलालीका रानाथारु समुदायले हरेक साउनमा मनाउँदै आएको तिज साउने डोला कञ्चनपुरको बेलौरी भुर्षा झर्नाखोला टोलमा समेत रानाथारु तिज साँस्कृतिक कार्यक्रम गरिएको छ ।

शुक्रबार बेलौरी नगरपालिका ९ झर्नाखोला स्थित भुर्षा टोलमा रानाथारु तिज विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ ।

‘संस्कृति बचमे, कुरिती हटामै, निरझल समाज बनामै, और लागु औषध से सब के बचामै’ मुल नारा अघि सारेर भलमन्सा समिति र ज्योती महिला समुह भुर्षाको आयोजनामा रानाथारु तिज विशेष साँस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रानाथारु समुदायका महिला बालबालिका किशोरीहरु परम्परागत पहिरचनमा लोक नृत्यदेखिका डोला, फाग लाउँदै लोक परम्परागत संस्कृति सरक्षणमा जोड दिएका छन ।
कार्यक्रम संचालक समेत रहेका नाराथारु समुदायका अगुवा युवा गजेन्द्र रानाले रानाथारु समुदायको परापुर्व कालदेखी मनाउँदै आएको पर्वलाई निरन्तरता दिएको बताए ।

महाकाली सिँचाई व्यवस्थापन दोस्रो चरण समितिाका अध्यक्ष गोपाल कुँवरले रानाथारु समुदायको लोक संस्कृति राष्ट्रको पहिचान भएको बताए ।

बेलौरी नगरपालिका ९ झर्नासागर भुर्षा टोलका भलमन्सा दुखी रानाले रानाथारु समुदायको लोक धर्म संस्कृति परम्परा सरक्षणका लागि कार्यक्रम नै गरेर नयाँ पुस्तालाई जानकारी गराउन लागेको बताए ।
अर्का रानाथारु अगुवा बाधु रानाले संस्कृति सरक्षणका साथै दाजुभाईको दिर्घयुका लागि महिलाहरुले ब्रत बसेर मनाउने गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका ९का वडाध्यक्ष किसन रानाले कञ्चनपुर, कैलालीमा रानाथारु समुदायले लोक परम्परा तिज सरक्षणका लागि आफ्नो तर्फबाट पहल गर्ने र सबै रानाथारु समुदायले समेत यसमा गम्भिर हुनुपर्नेमा जोडदिएका छन ।

बेलौरी ९ भुर्षा भलमन्सा समितिका अध्यक्ष शिव कुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा राथारु समुदाय सहित जनप्रतिनिधी सरोकारवालाको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित