काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औं स्थापना दिवस २०८२ (रजत महोत्सव) को अवसरमा पत्रकारिता क्षेत्रबाट संगठनको छवि अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका पत्रकार रोशन बहादुर खड्कालाई “IG APF COMMENDATION” प्रदान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा काठमाण्डुपाटी डटकमका निर्देशक/सम्पादक खड्कालाई सशस्त्र प्रहरीले देशभर सञ्चालन गरेका सुरक्षा, विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षासम्बन्धी गतिविधिहरूलाई पत्रकारिताको माध्यमबाट आम नागरिकसम्म तथ्यपरक र प्रभावकारी रूपमा सम्प्रेषण गरेको योगदानको कदरस्वरूप प्रशंसा पत्र सहित सम्मान गरिएको हो।
सशस्त्र प्रहरी बलका अनुसार खड्काले समाचार, विश्लेषण र विशेष रिपोर्टमार्फत सशस्त्र प्रहरीको भूमिकालाई निष्पक्ष र जिम्मेवार ढंगले प्रस्तुत गर्दै जनतामा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। यसले सुरक्षा निकायप्रति जनविश्वास बढाउन सहयोग पुगेको संगठनको ठहर छ।
सुरक्षा निकायका गतिविधिलाई तथ्यमा आधारित भएर उजागर गर्ने पत्रकारहरूका लागि यसले थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
२५ वर्षे गौरवपूर्ण यात्रामा प्रवेश गरेको सशस्त्र प्रहरी बल, नेपालको रजत महोत्सवमा प्रदान गरिएको IG APF COMMENDATION सम्मानले सुरक्षा निकाय र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।























Discussion about this post