स्व. विपिनको अमर सम्झनामा ब्रह्मदेव मार्ग चोक ‘विपिन चोक’ नामाकरण

 

भीमदत्त । भीमदत्त नगरपालिका-३ स्थित ब्रह्मदेव मार्ग चोकलाई आजदेखि औपचारिक रूपमा “विपिन चोक” नामाकरण गरिएको छ। भीमदत्त नगरपालिका कार्यपालिकाको निर्णयअनुसार स्वर्गीय विपिनप्रति सम्मान प्रकट गर्दै उहाँको स्मृतिलाई अमर बनाउने उद्देश्यका साथ चोकको नाम परिवर्तन गरिएको हो।

नामाकरण कार्यक्रममा स्व. विपिनका परिवारजन, वडा नं. ३ का वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा चोकमा आधिकारिक नामपाटी (बोर्ड) समेत स्थापना गरिएको छ।

भीमदत्त नगरपालिकाकी उप-मेयर निलम लेखक जोशीका अनुसार केही दिनअघि हमासको नियन्त्रणमा रहेका विपिनलाई मृत घोषणा गरी शव नेपाल पठाइएको थियो। प्राप्त विवरणअनुसार हमासले फालेको बम विपिनले समातेर पुनः उनीहरूतर्फ नै फ्याँकेपछि हमासले उनलाई नियन्त्रणमा लिएको बताइएको थियो। साहस, मानवता र अदम्य हिम्मतको प्रतीक बनेका विपिनको यो कथाले सबैलाई भावुक बनाएको छ।

नगरपालिकाले स्व. विपिनको योगदान, साहस र स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले ब्रह्मदेव मार्ग चोकलाई ‘विपिन चोक’ नामाकरण गरेको जनाएको छ। स्थानीयवासीहरूले पनि विपिनको नाममा चोक नामाकरण हुनु गौरवको विषय भएको भन्दै नगरपालिकाको निर्णयको स्वागत गरेका छन्। स्व. विपिन अब हाम्रो माझ नरहे पनि उहाँको सम्झना, साहस र नाम ‘विपिन चोक’ का रूपमा सधैं जीवित रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित