लम्की । लम्कीचुहा नगरपालिका-५ तिकलपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार राति रा ६ प ३१५७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेपछि चालक सोही ठाउँका ३२ वर्षीय दिपेन्द्र रावल गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की लगिएको थियो।
प्राथमिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि रावललाई टिकापुर अस्पताल रेफर गरिएको थियो। तर, टिकापुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे खुल्न बाँकी रहेको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




















Discussion about this post