कञ्चनपुर-१ मा निर्वाचन आचारसंहिता कार्यान्वयनबारे विशेष छलफल

कञ्चनपुर । निर्वाचन कार्यालय कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार उम्मेदवार, सरोकारवाला र पत्रकारहरूबीच निर्वाचन आचारसंहिता सम्बन्धी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन उद्देश्यले आयोजित छलफल कार्यक्रममा निर्वाचन आचारसंहिताका प्रमुख प्रावधान, पालना गर्नुपर्ने दायित्व तथा उल्लङ्घन भएमा हुने कारबाहीका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो ।

कार्यक्रममा कञ्चनपुर निर्वाचन प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आचारसंहिता पालनामा उम्मेदवार, सञ्चारकर्मी र सुरक्षा निकायको भूमिकाबारे धारणा राख्दै सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा निर्वाचन अवधिभर प्रचार-प्रसार, सञ्चार माध्यमको प्रयोग, सामाजिक सञ्जाल, खर्च व्यवस्थापन तथा शान्ति सुरक्षासम्बन्धी विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो ।

कार्यक्रमले उम्मेदवार र सञ्चारकर्मीबीच आचारसंहिताको विषयमा साझा बुझाइ विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित