एनएमबी बैंकको सामाजिक उत्तरदायित्व : बेलडाँडीका दुई विद्यालयमा शुद्ध खानेपानी र डिजिटल शिक्षाका लागि सहयोग

बेलडाँडी । समुदायसँगको सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय बेलडाँडीले दुई सामुदायिक विद्यालयमा शुद्ध पिउने पानी तथा डिजिटल शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सरस्वती माध्यमिक विद्यालय झरना सागरमा शुद्ध पिउने पानी प्रणाली स्थापना गर्न आर्थिक सहयोग उपलब्ध गराउँदै उक्त प्रणाली विद्यालयलाई हस्तान्तरण गरेको हो । यसबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीले सुरक्षित र स्वच्छ पिउने पानीको सुविधा प्राप्त गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी, सरस्वती जनता माध्यमिक विद्यालय बैबाहमा प्रविधिमैत्री शिक्षण-सिकाइलाई थप प्रभावकारी बनाउन प्रोजेक्टर खरिदका लागि पनि बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको यस सहयोगले विद्यालयमा डिजिटल माध्यमबाट गुणस्तरीय शिक्षण-सिकाइ वातावरण विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख बिरुराम जैसी, क्षेत्रीय प्रमुख सुशील बहादुर सिंह, शाखा प्रबन्धक राजेन्द्र कार्की, विद्यालयका प्रधानाध्यापक जनक बहादुर थापा र दिपक बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक-शिक्षिका, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बेलडाँडी शाखा प्रबन्धक राजेन्द्र कार्कीका अनुसार एनएमबी बैंकले वित्तीय सेवा प्रवाहसँगै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको समग्र विकासमा योगदान पु¥याउने बैंकको प्रतिबद्धता रहेको उहाँले उल्लेख गर्नुभयो ।

एनएमबी बैंकले समुदाय र विद्यालयमा नियमित रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै बचतको महत्त्व, जिम्मेवार वित्तीय व्यवस्थापन, डिजिटल बैंकिङ सेवा तथा वित्तीय अनुशासनबारे सचेतना फैलाउँदै आएको छ । यस्ता कार्यक्रमले विद्यार्थीदेखि सर्वसाधारणसम्म वित्तीय ज्ञान विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बैंकको भनाइ छ ।

स्थानीय सरोकारवालाहरूले एनएमबी बैंकको यस पहललाई शिक्षा र सामाजिक विकासप्रतिको उत्तरदायी अभ्यासको उदाहरणका रूपमा लिँदै विद्यालयमा गरिएको सहयोगले विद्यार्थीको सिकाइ वातावरण थप सहज, सुरक्षित र प्रविधिमैत्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित