कैलाली । बिहीबारदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल सुरु गरेको छ।
डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भइरहेको हो।
सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा वार्तामा सहभागी छन्।
त्यसैगरी, डा. केसीका तर्फबाट उनका सहयोगी डा. अमृत जैशी र पवन थापा वार्तामा सहभागी रहेका हुन ।
अनशन सुरु भएपछि पहिलोपटक औपचारिक रूपमा दुवै पक्षबीच वार्ता भएको हो। वार्तामा डा. केसीले उठाएका मागहरूबारे छलफल भइरहेको जनाइएको छ।




















Discussion about this post