कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द तथा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको छ।
कार्यालयका अनुसार मिति २०८२ फागुन २१ गते बिहीबार हुने निर्वाचनलाई मध्यनजर गर्दै मिति २०८२।११।१८ गते (२ मार्च २०२६) सोमबार राति १२:०० बजे देखि २०८२।११।२१ गते (५ मार्च २०२६) बिहीबार राति १२:०० बजे सम्म भारतसँग सीमा जोडिएका कञ्चनपुर जिल्लाका सम्पूर्ण सीमा नाकाहरू बन्द रहनेछन्।
त्यस्तै, मिति २०८२।११।२० गते राति १२:०० बजे देखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी तथा अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले उक्त व्यवस्थाको पालना गरी निर्वाचन सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अनुरोध गरेको छ।





















Discussion about this post