कञ्चनपुर । फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कञ्चनपुर जिल्लामा मदिरा बिक्री-वितरण र सेवनमा अस्थायी रोक लगाइएको छ।
जिल्ला सुरक्षा समिति, कञ्चनपुरको फागुन १४ गते बसेको बैठकको निर्णयअनुसार सोही मितिदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभित्र मदिरा बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ।
निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको समितिले जनाएको छ। सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री-वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
जिल्ला सुरक्षा समितिले सबै होटल तथा रेष्टुरेन्ट व्यवसायी, राजनीतिक दल, नागरिक समाज, उद्योगी-व्यवसायी तथा आम सर्वसाधारणलाई निर्णय कार्यान्वयनमा पूर्ण सहयोग गर्न आग्रह गरेको छ।
निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन प्रशासनले सुरक्षा सतर्कता समेत कडा पारिएको जनाएको छ।





















Discussion about this post