विपद्को घडीमा जनप्रतिनिधिको उदाहरणीय भूमिका, भीमदत्तकी उपप्रमुख लेखक अग्रपंक्तिमा

कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ जनचेतना टोलमा आगलागीबाट घर गुमाएका दुई विपन्न दलित परिवारप्रति उपप्रमुख निलम लेखकले मानवीय संवेदनशीलता देखाउँदै तत्काल राहत व्यवस्थापन गर्न निर्देशन दिएकी छन् ।

आगलागीबाट पीडित बनेका बसन्ती दमाई र बिक्की दमाईको घरमा क्षति पुगेको जानकारी पाएलगत्तै उपप्रमुख लेखकले दमकल परिचालन गरी आगो नियन्त्रणमा पहल गरेकी थिइन् । साथै उनले विपद् शाखा प्रमुख मनोज भट्टलाई आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएकी उपप्रमुखकी स्वकीय सचिव पार्वती सिंहले जानकारी दिइन् ।

घटनास्थलप्रति गम्भीर ध्यान दिँदै उपप्रमुख लेखकसँगै वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटाले समेत पीडित परिवारलाई तत्काल राहत र पुनःस्थापनाका लागि समन्वय गर्न आग्रह गरेका थिए ।

सामाजिक उत्तरदायित्वप्रति सदैव सचेत उपप्रमुख लेखक विपन्न, असहाय तथा विपद्मा परेका नागरिकको पक्षमा अग्रसर रहँदै आएकी छिन् । संकटको घडीमा सक्रिय उपस्थिति र द्रुत निर्णय क्षमताले उनलाई कञ्चनपुरकै सक्षम र जनमुखी उपप्रमुखका रूपमा चिनाएको छ ।

विपद्का बेला राज्यको उपस्थितिलाई अनुभूति गराउँदै पीडित परिवारलाई साथ दिने उनको कदमप्रति स्थानीयवासीले प्रशंसा व्यक्त गरेका छन् । जनप्रतिनिधिको भूमिकालाई व्यवहारमा उतार्दै उपप्रमुख लेखकले फेरि एकपटक सामाजिक सेवा र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित