इन्धनमा कर आधा घटाउने सरकारको निर्णय, उपभोक्तालाई राहत दिने प्रयास

काठमाडौंनेपाल सरकार ले बढ्दो पेट्रोलियम मूल्यको प्रभाव कम गर्न पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी प्रतिभा रावल ले दिइन्। उनका अनुसार, निर्णयअनुसार अब पेट्रोलियम पदार्थको आयातमा लाग्ने यी दुई कर आधाले घटाइनेछ। साथै, यस सम्बन्धी सूचना नेपाल राजपत्र मा प्रकाशन गरिने निर्णय समेत भएको छ।

मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन वर्तमान परिस्थितिमा अपरिहार्य रहेको बताउँदै सरकारले यथार्थ लुकाउने पक्षमा नरहेको स्पष्ट पारिन्। “मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन,” उनले भनिन्, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ।”

सरकारको यो कदमले इन्धनको मूल्यवृद्धिबाट प्रभावित सर्वसाधारणलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित