महोत्तरीमा मोटरसाइकल ठक्करपछि भीषण आगलागी एसइई दिएर फर्किएका ३ विद्यार्थीको जलेर मृत्यु

महोत्तरी  :जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज बिहान दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा भीषण आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार विपरीत दिशाबाट आइरहेका मोटरसाइकल ठोक्किएपछि दुवै सवारीसाधनमा आगलागी भएको थियो। आगलागीका कारण घटनास्थलमै तीन जना विद्यार्थीको ज्यान गएको हो। मृतकहरू एसइई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ।

उक्त दुर्घटनामा थप तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने नम्बर प्लेट समेत नचिनिने अवस्थामा रहेको छ। हालसम्म मृतक तथा घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित