सिद्धनाथ आधारभूत विद्यालयको अध्यक्षमा धामी

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अभिभावक लोकमणी धामी चयन भएका छन ।

बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धामी चयन भएका हुन ।

सिद्धनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक धनसिह महराले अभिभावक भेलाबाट अध्यक्षमा धामी सहितका सदस्य चयन भएको बताए ।

प्रअ महराका अनुसार सदस्यमा कस्तुरा चन्द, तारा धामी, उर्मिला राना, वडा प्रतिनिधीबाट वडा सदस्य श्याम बहादुर रावल, शिक्षक प्रतिनिधी धर्मानन्द भट्ट, सदस्य सचिव प्रअ स्वत धनसिह महरा रहेका छन ।

सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका लोकमणी धामीले सामुदायिक विद्यालयको बृद्धि विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित