दैजी-बेलडाँडी सडकमा बाघको आक्र्रमण : घाईते एक नाबालक, बालिका सहित दाम्पती

केशव थापा/कञ्चनपुर ।कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा बाघको आक्र्रमणमा परेर चार जना घाईते भएका छन ।

मंगलबार साँझतिर दैजी–बेलडाँडी सडकमा बाघको आक्र्रमणमा परेर एकै घरका तीन सहित चार जना घाईते भएका हुन ।

बेलौरी नगरपालिका ९रतनपुरका बिरेन्द्र ठगुन्ना, निजकै श्रीमती कल्पना ठगुन्ना, ठगुन्ना दाम्पतीका अढाई बर्षिया नाबालक छोरा रियान्स ठगुन्ना र ठगुन्नाकी भान्जी भीनपा १५ खैरभट्टकी बालिका आरुसी शाहु घाईते भएका छन ।

घाईतेहरुको महाकाली अस्पतालमा उपचार भईरहेको छ । महेन्द्रनगरदेखि बेलौरी घर जाने क्रममा बेलडाँडीको कालिकिच नजिकै बाघले आक्र्रमण गरेपछि चारै जना घाईते भएका हुन ।

मोटरसाईकल चालक समेत रहेका घाईते बिरेन्द्र ठगुन्नाले आफुमाथि बाघले शुरुमै आक्र्रमण गरेर मोटरसाईकल लडाएको बताए ।

‘म, श्रीमती, छोरा र भान्जी सहित घर गईरहेका थियौँ, ‘उनले भने, ‘सडकमा एक्कासी बाघ आयो, मलाई झम्टियो, हामीले होहल्ला ग¥यौँ, त्यसपछि मोटरसाईकल अनियन्त्रित भयो, हामी त्यही लड्यौँ, महेन्द्रनगर आईरहेको एक सरकारी कार्यालयको गाडीले उद्दार गरेर अस्पताल पु¥यायो, ‘उनले भने, ‘भाग्यले बाँचियो ।’

सदैव आफुले त्यही सडकमा आउजाउ गरेपनि पहिलो पटक बाघले आक्र्रमण गरेको उनले अनुभव सुनाए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर महेन्द्रनगर धनगढी जोड्ने उक्त दैजी बेलडाँडी सडकमा बन्यजन्तुको आक्र्रमण हुन थालेपछि यात्रु त्रसित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित