काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाकिनार क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी जग्गा उपलब्ध गराएर व्यवस्थापन गरिने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको ज्यान जोगाउन सुकुमबासी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे। उनले हाल होल्डिङ क्षेत्रमा राखिएका सुकुमबासीका लागि स्थायी जग्गा व्यवस्थापन गर्ने काम सरकारले अघि बढाइरहेको बताए।
प्रधानमन्त्री शाहका अनुसार जग्गा उपलब्ध गराउने विषयमा तीन मन्त्रालयले संयुक्त रूपमा काम गरिरहेका छन्। व्यवस्थापन प्रक्रिया पूरा हुन केही समय लाग्ने उल्लेख गर्दै उनले दशकौँदेखि जटिल बनेको समस्या तत्काल समाधान हुन नसक्ने बताए।
“३५ वर्षदेखि समाधान हुन नसकेको समस्या ३५ मिनेटमा समाधान खोज्न सकिँदैन,” प्रधानमन्त्री शाहले भने, “तर सरकार दिगो र व्यवस्थित समाधानका लागि प्रतिबद्ध छ।”






















Discussion about this post