तस्करी नियन्त्रणमा गड्डाचौकी प्रहरी

11
VIEWS

कञ्चनपुर,

ईलाका प्रहरी कार्यालय गड्डाचौकीले तस्करी नियन्त्रणमा निरन्तर काम गरिरहेको पाईएको छ । भारतबाट भन्सार नकाटेरै सिधै समान नेपाल भित्र्राउन लागेको अवस्थामा ईलाका प्रहरी कार्यालय गड्डाचौकीले तस्करी नियन्त्रणका काम कार्बाही अघि बढाएको पाईएको छ ।

हरेक साता वा दुई सातामा भारतबाट भन्सार चोरी छलेर महेन्द्रनगर तर्फ समान ल्याईरहेको अवस्थामा ईप्रका गड्डाचौकीले नियन्त्रण गर्दै भन्सार बुझाएको छ । आइतबारपनि गड्डाचौकी प्रहरीले समान अवैध समान नियन्त्रण गरेर भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र ब. शाहले ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर सिह धामी नेतृत्वमा खटिएको टोलीले भारतबाट चोरी छली ल्याईरहेको अवस्थामा कपडा, खाने तेल चिनी सहितको २७ हजार ६८२ रुपैँया बराबरको समान बरामद गरेको बताए ।

बरामद गरेको समान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । बिहानै ११ बजेतिर भारतबाट अवैध रुपमा आईरहेको समान सीमा क्षेत्र प्रवेसद्वारमा सशस्त्र प्रहरीको बिओपी छ । त्यसपछि भन्सार छ । भन्सार र सशस्त्र प्रहरी भन्दा पश्चिममा रहेको नेपाल प्रहरीले चोरी तस्करी भएको समान बरामद गरेर भन्सार बुझाएको छ ।

भारतको बनबासा हुँदै आएको उक्त भन्सार नकाटेको गैर कानुनी समान सशस्त्र प्रहरी र भन्सारले नदेख्नु भन्सार नकाट्नु र प्रहरीले समातेर भन्सार बुझाउने कार्यबाट कतै सशस्त्र प्रहरी र भन्सारको तस्करी र भन्सार छलीमा मिलोमतो त छैन भन्ने आशंका उब्जाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार