बझाङः
बझाङमा जंगली च्याउ खाएका किशोरको पनि मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायतको जंगली च्याउ खाँदा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको हो ।
जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् ।
७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी ल्याउदै गर्दा मृत्यु भएको थियो । आमाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
Discussion about this post