जंगली च्याउ खाएका किशोरको मृत्यु

बझाङः

बझाङमा जंगली च्याउ खाएका किशोरको पनि मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायतको जंगली च्याउ खाँदा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको हो ।

जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए । आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन् ।

७ वर्षीया एन्जिलाको बिहीवार नै थप उपचारको लागि धनगढी ल्याउदै गर्दा मृत्यु भएको थियो । आमाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित