बहराइनसंगको खेलमा नेपालको जित

8
VIEWS

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हाशिल गरेको छ।

मलेसियाको क्वालालम्पुरमा शुक्रवार भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गरेको छ। नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन्।

 

उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी बनाईन्। त्यस्तै सीता रानामगरले अविजित २ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन बनाएको थियो।

बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन्। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन्। कविता कुँवर, पुजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो भने अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार