महेन्द्रनगर, भाद्र १५ । नेपाल कम्युनिष्ट पार्टी माओवाद केन्द्रका युवा नेता दिपक राज भट्टले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा स्कुले बालबाललिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरि आफ्नो जन्मदिन मनाएका छन् ।
शुक्लाफाँटा नगरपालिकाको श्री कृष्ण माध्यमीक विद्यालय सिमलफाँटाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । कक्षा एक देखी कक्षा पाँच सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई कापि, पेन्सल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरि जन्मदिन मनाएको विद्यालयका प्रध्यानाध्यापक रामदत्त भट्टले जानकारी दिनुभयो ।
सामाजिक क्षेत्रका विभिन्न क्रियाकलापहरुमा अग्रसर रहने युवा नेता भट्ट नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटि सचिवहुन ।
अनेरास्ववियुको जिल्ला अध्यक्ष समेत रहेका नेता दिपक भट्टले आफ्ना साना–साना खुसीहरु समाजका कमजोरी र विकासका लागि खर्च गर्ने बानीको विसकालागि आफुले हरेक बर्ष यस्ता क्रियाकलापहरु गर्दै आएको बताए ।
Discussion about this post