बेलडाँडी खुला फुटबल प्रतियोगिता: झिलमिला र वाई बि स्टार सेमिफाइनल प्रवेश

266
VIEWS

कञ्चनपुर /२३ भाद्र । बेलडाँडीमा जारी फुटबल प्रतियोगितामा दुई टिम सेमिफाइनल प्रवेश गरेका छन् ।

 

हिजो शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेल दोधारा चाँदनी नगरपालिका र वाई बि स्टार युवा क्लब बिच भएको थियो। उक्त खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न भने सकेनन् । दुबै टिमले बराबरी संगै खेलको निर्णय ट्राईबेकर बाट लगिएको थियो। जसमा दोधारा चाँदनी नगरपालिका लाई वाई बि स्टार युवा क्लबले ४-२ गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको थियो।

 

दोस्रो क्वाटर फाइनल खेल झिलमिला युवा समाज “बि” र जय लक्ष्मी युवा क्लबका बिच भएको खेलमा जय लक्ष्मी युवा क्लब लाई झिलमिला युवा क्लबले ४-० गोलको अन्तरले हराउदै प्रतियोगिताको सेमिफाइनलको यात्रा पक्का गरेको छ।

दोस्रो दिनका क्वाटर फाइनल खेल आज हुनेछन् । क्वाटर फाइनलको तेस्रो खेल आज बिहान ८ बजे अल स्टार युवा क्लब ‘ए’ र सिहपाल युवा क्लब बेलडाँडी-२ बिच हुने छ। भने क्वाटर फाइनलको अन्तिम खेल एक्सेस मिटपोइन्ट र बेलौरी नगरपालिका-९ बिच दिउँसो १ बजे हुने क्लबका सचिव विकास महताले जानकारी गराउनु भयो। उहाँका अनुसार दुबै खेलमा जित निकाल्ने टिमले आफ्नो सेमिफाइनलको यात्रा पक्का गर्ने जनाईएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार