बेलडाँडी काँग्रेसका पुर्व-उपसभापति कठायतद्धारा पार्टी परित्याग गर्दै स्वतन्त्र पार्टी प्रवेश

बेलडाँडी, २३ भाद्र । नेपाली काँग्रेस बेलडाँडीमा दिनप्रति दिन पहिलो जान थालेको छ । नेतृत्वको आलोचना गर्दै नेपाली काँग्रेस परित्याग गर्नेको संस्ख्या दिन प्रतिदिन बढी रहेको छ ।

 

आफुलाई जन्मजातै काँग्रेस हौँ भन्नेहरु पार्टीलाई व्याक्तिगत पार्टी बनाएको आरोप लगाउदै पार्टी छोड्न बाध्य भएको केहि पुराना नेताहरुको भनाई छ । क्षेत्र नं.१ का नेतृत्व पंतिले पार्टीलाई आफु पायक पर्ने गरि कार्य गर्न थालेपछि काँग्रेस नेता कार्यकर्ता रुष्ठ बन्दै आएका थिए । काँग्रेसमा प्रवेश गर्ने आफु निकटका मान्छेहरुलाई कुनै मुल्याङ्कन नगरि आफुखुसी जिम्मेवारी दिएपछि झिन इमान्दार कार्यकर्ताहरुमा निराशा पैदा भएको काँग्रेस श्रोतले बताएको छ ।

श्रोतका अनुसार यतिका लामोसमय देखि पार्टीपंति भनेर लाग्यौं, जिन्दाबादा मुर्दावाद भन्दै पार्टी जिताउन लाग्यौ, जिताई सकेपछि कार्यकर्ताको मनोभावना अुनसार नेतृत्वले अघि बढ्नु पर्नेको साटो आफुलाई मनपर्ने पार्टीमा शुन्य लगानी भएकाहरुलाई काखी च्याप्ने काम हुन थालेपछि अधिकांस नेता कार्यकर्ता रुष्ठ भन्दै गएको बताए । रुष्ठ मात्र होइन पार्टीमा लामो त्याग तवश्या योगदान दिएकाहरु पार्टी छोड्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेका छन् ।

 

यसै क्रममा बेलडाँडी काँग्रेसका धरोहर पुराना पाका नेता नेपाली काँग्रेस बेलडाँडीका उप-सभापति समेत रहिसकेका नेता मिन बहादुर कठायतले नेतृत्वको आलोचना गर्दै पार्टी परित्याग संगै स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । उनीसंगै बेलडाँडी काँग्रेसका युवा नेता उनैकै धर्म पुत्र विनोद काठायतले समेत आज एक कार्यक्रमका विच स्वतन्त्र पार्टीमा प्रवेश गरेको बेलडाँडी सभापति तेज सिंह धामीले जानकारी गराउनु भयो । उहाँका अनुसार अझै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लर्को रहेको बताए । इमान्दार जो कोहिलाई स्वतन्त्र पार्टीमा प्रवेश गर्नका लागि ढोका खुल्ला रहेको जनाए ।

 

काँग्रेस परित्याग गर्नेमा बेलडाँडी गाउपालिकाका पुर्व गाउँ उप–सभापति मीन बहादुर कठायत, विनोद कठायत, बेलडाँडीकै काँग्रेसका पुराना नेता वडा नम्बर–५ का नन्दबिर बुढा, करन सिह मडै, धर्मेन्द्र गिरी, लक्ष्मण महरा, हरिना देवि कार्की, जनक सिह ऐडी, टेक बहादुर बुढा, दिल बहादुर वली लगातले हिजो शुक्रबार नै एक विज्ञप्ति मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित