कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवा अब २४ सै घण्टा

बैतडी:

बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ८ कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवा सन्चालन गरिएको छ । कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवाको आइतबार उद्धघाटन गरिएको स्वास्थ्यकचौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी गराईन्दोगडाकेदार गाउँपालिकाको वडा न ८का वडाध्यक्ष महेन्द्र बिष्ट , स्वास्थ्य चौकीका प्रमुख महेश सिंह बिष्ट वडा सचिव रामबहादुर बिष्टको उपस्थितिमा आकस्मिक सेवाको औपचारिक रुपमा उद्धघाटन गरिएको अनमी जोशीले बताए ।

चौकीमा अब २४ सै घण्टा नागरिकहरुलाई सेवा दिने उनले बताईन् ।आकस्मिक सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सहज हुने स्वास्थ्य चौकी प्रमुख बिष्टको भनाई छ। आकस्मिक सेवा र अरु सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने यहाँका नागरिकहरुको बाध्यता अब बिस्तारै हट्ने वडाध्यक्ष बिष्टले बताए ।

यस्तै दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित