नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हरायो

काठमाडौँ:

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित निकालेको छ ।

नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो हार चखाएको छ । २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको छ ।

खेलमा नेपालका अभिनाश बोहोराले ६ विकेट लिए । यसैगरी गुल्सन झा, सोममाल कामी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एकरएक विकेट लिए । नेपालका बलरले १० ओभर नसकिँदै माल्दिभ्सका ६ खेलाडीलाई पेभेलियन फर्काएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए ।हार्डहिटर कुशल मल्लले आज पनि शानदार ब्याटिङ गरे । मात्र २० बलमा ४७ रन जोडेका उनी अर्धशतक जोड्न चुकेर नटआउट रहे ।

गुल्सन झाले २१ बलमा ३५ र कुशल भुर्तेलले १८ बलमा ३५ रन जोडेर टिमलाई सम्हाले ।विनोद भण्डारीले १५ बलमा १३ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । पहिलो बलमा छक्का हिर्काएका दीपेन्द्र दोस्रो बलमा आउट भएका थिए ।माल्दिभ्सका नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।

नसीर नैल इस्माइल, मोहम्मद मिउवान र थोलाल मोहम्मद रायले समान एकरएक विकेट लिए । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनको विशाल अन्तरले हराउँदै कीर्तिमानी जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित