बेलडाँडी, १३ असोज । कञ्चनपुर जिल्लामा संस्थागत विद्यालय वीच भएको हाजिरी जवाफ प्रतियोगितामा बेलडाँडीमा रहेको सगरमाथा शिक्षा एकेडमी विद्यालय आधारभूत तह ( ख ६-८ )को प्रतियोगितामा प्रथम भएको छ ।
महेन्द्रनरको भुवनेश्वरी विद्या मन्दिरमा भएको कार्यक्रामा बेलडाँडी गाउँपालिका वडा नं.१ मा रहेको सगरमाथा शिक्षा एकेडेमीले पहिलो स्थान हासिल गरेको सो विद्यालयका प्रिन्सपल गोरख बहादुर चन्दले जानकारी गराउनु भयो ।
उहाँका अनुसार विद्यार्थीहरुलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत हामीहरुले जोड दिने गरेका थियौं त्यसै अनुरुप हाम्रा विद्यार्थीले गरेको मेहिनेतको प्ररिणाम देखिएको बताउदै यस्तै सबै विद्यार्थीहरुले महिनत गर्नुपर्नेमा जोड दिए ।
ग्रामिण क्षेत्रक विद्यार्थीलाई हेर्ने दृष्टिकोण फरक थियो, गाउँमा पनि के पढाइ होला भनेर सहरकाले होच्याउने चलनको हाम्रा सानासानाई भाइले त्यो चलनको अन्त्य गरिदिएको बताए । हामीले सहरका जसरी पुरै सुविधा दिन नसकेका बावजुत पनि साना साना नानीबावुहरुले गरेको मेहिनेतले आज यो स्थान हासिल गर्न पुगेको चन्दले जनाए ।
झन्कर राज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रुमख अतिथि भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी , विशिष्ट अतिथि वडा नं.३ का अध्यक्ष गगन धामी रहनु भएको थियो । कार्यक्रमको संचालन सचिव बलदेब भट्टले गर्नु भएको थियो ।
Discussion about this post