किशोरी माथि जबरजस्तीकरणी गरेको आरोपमा ट्रक चालक पक्राउ

बैतडी: 

बैतडीमा एक किशोरी माथि जबरजस्तीकरणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन् ।

महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक मेलौली नगरपालिका वडा नम्बर ७ का महेश ओझालाई किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् ।

चाकल ओझा माथि सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई जबरजस्तीकरण गरेको आरोप लागेको छ । ओझालाई पाटन नगरपालिका वडा नम्बर ६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन् ।

बिहिबार राती बुडरमा बस्ने क्रममा मिनि ट्रकमा आफुमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको किशोरीले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित