काठमाडाैँ । इजरायलमा सम्पर्कविहीन रहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन् । ‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ । उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’ उनले भनिन् ।
इजरायल र गाजा बीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका थिए । उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्र समेत परिचालन भइरहेको उनको भनाई छ ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको समेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमा समेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post