बेलौरी नगर प्रमुख चौधरीद्धारा बेलौरी त्रिपुरा मन्दिर मर्मत तथा रंगरोगनका लागि पालिकाबाट बजेट दिने

केशव थापा,बेलौरी । बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले बेलौरी नगरपालिका वडा नं.६ मा रहेको त्रिपुरा मन्दिरको अवलोकन गर्दै रंगरोगन तथा मर्मतका लागि पालिकाबाट आर्थिक सहयोग जनाएका छन् ।

 

सनिवार मन्दिरको अवलोकन गर्दै चौधरीले सबै धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पालिकाको सहयोग रहेने जनाउदै उक्त मन्दिरमा समेत तत्तकाल ४,५ लाख सहयोग गर्ने प्रतिवद्धता गरेको मन्दिर समितिका अध्यक्ष गणेश बहादुर चन्दले जानकारी गराउनु भयो । उहाँका अनुसार मन्दिर समितिको निम्तो स्वीकार गरेर पुगेका चौधरीलाई स्वागत गर्दै मन्दिरको समस्याका बारेमा जानकारी गराएका थिए ।

 

मन्दिरको तर्फबाट त्रिपुरा थापा समाज कञ्चनपुरका उपाध्यक्ष चन्द्र सिंह थापा, त्रिपुरा मन्दिर बेलौरी निर्माण समितीका अध्यक्ष जय सिँह रावल, दान सिंह थापा, सामाज सेबी तथा शिक्षक करन सिंह थापा, लोकेन्द्र सिंह थापा प्रकाश सिह थापा, समाज सेबी बलदेव बुडाल, शेर सिह बोहरा, केशब सिह बोहरा,देब सिंह थापा, शेर सिंह थापा, गणेश सिह थापा,समाजसेवी भगवति बिष्ट, तेज सिंह थापा र प्रेम सिंह बोहराले चौधरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *