बेलडाँडी, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी वडा नं.४ र ५ को ऐतिहासिक प्रथक वडा अधिवेशन सम्पन्न भएको छ । आज सनिवार एक कार्यक्रमका वीच दुबै वडाको अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।
प्रथम अधिवेशन बाट वडा नं.४ को सभापतिमा मदन प्रसाद रोकाया सहित ९ सदस्यीय कार्य समिति चयन गरिएको छ भने यस्तै वडा नं.५ को सभापतिमा कर्ण सिंह मडै सहित ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
प्रथम वडा अधिवेशनका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिजय जैरुको प्रमुख आतिथ्यमा केन्द्रीय सँगठन बिभाग सदस्य तथा सु.प्र. ईन्चार्ज ज्ञानेन्द्र महताको विशेष उपस्थितिमा नयाँ निर्बिरोध निर्वाचित कमिटि चयन भएको रास्वपाका नेता जनक धामीले जानकारी गराउनु भयो । धामीका अनुसार बेलडाँडीका सबै वडामा वडा स्तरका सबै अधिवेशन सम्पन्न भएको जनाउदै पार्टीको रुल अनुसार अन्य पालिकामा समेत अधिवेशन गर्ने जनाउनु भयो । निर्वाचित कमिटीलाई आजै सपथ खुवाइएको् छ ।
धामीले भने सांगठनिक रुपमा पाटीलाई बलियो बनाएर जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी सहीलाई सही र गलतलाई गलत भन्दै जनताको पक्षमा उभिएको एक्लो पार्टी भएको उहाँले दाबी गरे । भष्टचारीहरुलाई फाल्न राम्रा सबै एकै ठाउँमा आउनुपर्नेमा वहाँले जोड दिनु भयो । पार्टीपंत्तिलाई निति सिद्धान्तमा ल्याउन नेताहरु लागि परेको समेत वहाँले जनाउनु भयो ।
Discussion about this post