निर्माण व्यवसायी संघको सदस्यका लागि दक्षिणी क्षेत्रबाट बेलडाँडीका कार्की एक्ला उम्मेदवार

बेलडाँडी
निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि २५ भदौँ शनिबार हुने निर्वाचनमा जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीबाट युवा निर्माण व्यवसायी चित्र बहादुर कार्कीले सदस्य पदमा उम्मेदवारी दिएका छन ।

बिहीबार कार्कीले संघको कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, लालझाडी र पुनर्वास क्षेत्रबाट कार्की संघको सदस्य पदका एक्का उम्मेदवार हुन ।

कार्कीले खुला रुपमा उम्मेदवारी दर्ता गराएका छन । झण्डै डेढ दशकदेखि निर्माण व्यवसायमा लागेका कार्की यस अघि पनि सदस्य पदमा उम्मेदवारी दिएका थिए । पहिलो प्रयासमा असफल भएका कार्कीलाई यस पटक सान्त्वना मत पाईने प्रक्षेपण गरिएको छ । निर्माण व्यवसायीमाँझ लोकप्रिय कार्की चार चौध नगर्ने भएपछि निर्वाचन प्राविधिक विषय भएकाले पराजित भएका थिए ।

केदार निर्माण सेवाका निर्देशक कार्कीले पाएको जिम्मेबारी निर्भिकताका साथ आफै फिल्डमा खटिएर सन्तोषजनक गुणस्तरिय काम गर्दै आएका छन । बाबु सहित घरका सबै दाजुभाई सरकारी सेवामा भएपनि उनले निर्माण क्षेत्र रोजेका हुन । निर्माण क्षेत्रबाट समेत समाज र देश विकासका लागि भूमिका निर्वाह गर्न सकिने संकल्प सहित कार्की निर्माण व्यवसायी क्षेत्रमा जुटेका छन ।

बेलडाँडीका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी कार्कीलाई युवा सहित अधिकाँस निर्माण व्यवसायीको साथ सर्मथन रहेको छ । साथिभाई एव आफन्तबाट प्रभावित भएर कार्की निर्माण क्षेत्रमा जुटेका हुन । अध्ययनकै सिलसिलामा बैदेशिक रोजगारीमा गएका कार्की विदेशबाट फर्किएपछि निरन्तर निर्माण क्षेत्रमा काम गर्दै आएका छन ।

उनले आम निर्माण व्यवसायीको हकहितका साथै दक्षिणी क्षेत्रमा रहेका निर्माण व्यवसायीलाई संघमा ल्याउने बताए । ‘मैले मेरो क्षेत्रबाट आम निर्माण व्यवसायीको हकहितका लागि काम गर्छु, ‘उनले भने, ‘त्यही भएर दक्षिणी क्षेत्रबाट मेरो मात्रै एक्लो उम्मेदवारी परेको छ, अहिले सबै साथी भाईहरूले साथ दिएका छन ।’ जिल्लाभरीको संघ भएकाले आधा भूगोल ओगटने दक्षिणी क्षेत्रबाट समेत प्रतिनिधित्व गर्नुपर्ने भन्दै बहुमत निर्माण व्यवासायी कार्कीको पक्षमा रहेका छन ।

जिल्लाको सबै भुगोल क्षेत्रबाट प्रतिनिधित्व गर्नुपर्ने धारणा राख्दै अधिकाँस निर्माण व्यवसायीले कार्कीलाई साथ सर्मथन दिईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित