युवा जनस्वयमसेवक कञ्चनपुरद्धारा धनगढी विमानस्थलमा विदेश जाने युवाक माथि कुटपिटगर्ने प्रहरी हवलदारलाई कार्वाहीको माग

112
VIEWS

बेलडाँडी,
नेकपा बहुमतको साहयक संगठन युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरले धनगढी एयरपोर्टमा बिदेश जाने युवक माथि कुटपिट गर्ने प्रहरी बरिष्ठ हवलदार कृष्ण बहादुर पाण्डे माथि आवश्यक अनुसन्धान गरि आवश्यक कार्वाहीको माग गरेका छन् ।

दिपेन्द्र ऐरीद्धारा हस्ताक्षरित एक प्रेस वक्तव्य जारीगर्दै कार्वाहीको मागगर्दै यस्ता हर्कत पुन नदोहोर्‍याउन प्रहरी प्रशासनलाई युवा जनस्वयमसेवक कञ्चनपुरले चेतावनी दिएको छ।

वक्तव्यको पुर्ण पाठ जस्ताको त्यस्तै

हाम्रो महान तथा गौरवशालि संगठन युवा जनस्वयमसेवक नेपाल स्थापनाकालदेखि नै समाजिक विकृति विसंगति र मिटरव्याजि आतंक का विरुद्ध आन्दोलनरत रहेको कुरा सम्पूर्ण नेपाली जनसमुदायमा अवगत नै छ ।
राष्ट्रमा बलत्कार,भ्रष्टाचार, कालोबजारि,बढ्दो महङ्गि र बेरोजगारी जस्ता समस्याहरु बढ्दो सङ्ख्यामा छ। तर राज्य जनताहरु प्रति झनझन गैरजिम्मेवार बन्दै गएको छ।

रोजगारकै सिलसिलामा बिदेशी भुमिमा जानका लागि धनगढी एयरपोर्ट देखि काठमाडौं आउन लागेका बेलडाँडी गाउँपालिका वडा नं. ३ बस्ने युवक नरेश गिरी माथि धनगढी एयरपोर्ट डिउटिमा खटिएका प्रहरी बरिस्ठ हवल्दार कृष्ण बहादुर पाण्डेको नेतृत्वमा खटिएको टोलिले स्रोत खुलाउदा पनि रु पाँच लाख नगद बोकेको निहुँमा युवक माथि गरिएको कुटपिटको बिषयमा हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भएको छ।

कुटपिटबाट उनको आँखामा गम्भीर चोट लागेको थियोे । नरेश गिरिको पुर्ण स्वास्थलाभको कामना व्यक्त गर्दै यस्ता हर्कत पुनः नदोहोर्‍याउन प्रहरी प्रशासनलाई चेतावनी दिन चाहन्छौं ।
उक्त घटनाका मुख्य दोषी कृष्ण बहादुर पाण्डे माथि आवश्यक छानबिन गरि दोसि उपर कडा हदैसम्मको कार्वाहीका लागि हाम्रो संगठन जोडदार माग गर्दछौँ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार